अन्तर्राष्ट्रिय टेले-कन्फेरेन्सका सहभागीहरुलाई धन्यवाद्
संयुक्त राष्ट्रवादी नेपालीले राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको २९०औं जन्मजयन्तीको उपलक्ष्यमा "राष्ट्रिय एकता दिवस" को के कति महत्व छ भनी पौष २७ गते अर्थात् जनवारी ११, २०१२ मा अन्तर्राष्ट्रिय टेले-कन्फेरेन्स आयोजना गरेको शर्वविदित नै छ । यस कार्यक्रममा भाग लिनु हुने जर्मनी, क्यनाडा, अमेरिका, वेलायत्, इजरायल, अस्ट्रेलिया र अन्य राष्ट्रहरुमा बसोवास गर्नुहुने संपुर्ण सचेत नेपाली दाजुभाई तथा दिदीबहिनी र नेपाललाई माया गर्नु हुने विदेशी मित्रहरुलाई संयुक्त राष्ट्रवादी नेपाली धन्यवाद् ज्ञापन गर्दछ ।
"राष्ट्रिय एकता दिवस" को महत्व वारे आ-आफ्ना भावना व्यक्त गर्नु हुने श्री विजय सिग्देल (न्यू योर्क्), मडरल्याण्ड नेपालका अध्यक्ष श्री अनिल पाण्डे (क्यालिफोर्निया), मडरल्याण्ड नेपालका निर्देशक श्री विनोद तिवारी (क्यालिफोर्निया), शिवसेनाका श्री शैलेन्द्र भट्ट (जर्मनी), सुश्री पुजा पन्त (पेन्सिलभेनिया) र क्यानाडाकी श्रीमती बिपना राणा विशेष धन्यवाद्का पात्रहरु हुनुहुन्छ ।
संयुक्त राष्ट्रवादी नेपालीको तर्फबाट अन्तर्राष्ट्रिय टेले-कन्फेरेन्स कार्यक्रममा भाग लिनुहुनेहरुमा संस्थाका अध्यक्ष श्री आशुतोष श्रीवास्तव्, उपाध्यक्ष जोन केलेहर्, सल्लाहकारहरु श्री दिवाकर पन्त, सुश्री कमला प्रसाई र श्री विशाल शाह हुनुहुन्थ्यो । राष्ट्र्निर्माता पृथ्वी नारायण शाहले एकिकरण गरेका सुन्दर राष्ट्र नेपाललाई शर्वभौम र स्वतन्त्र राष्ट्र कायम राख्न संवैधानिक राज्तन्त्रको अनिवार्यता रहेको तथ्य सो कार्यक्रमको निचोड रहेको संयुक्त राष्ट्रवादी नेपाली जानकारी गराउँदछ ।
|
नेपाली आन्दोलनको आवश्यकता
(विशाल शाह) नेपालको विकास हुन नसक्नुमा तथा नेपालले शान्ति र स्थायित्वको बाटोमा अघि बढ्न नसक्नुमा नेपालामा भएका आन्दोलनहरु नेपालीहरुको मात्र चाहना र प्रयासमा हुन नसक्नाको परिणाम हो भन्दा अत्युक्ति नहोला । आफ्नो मेहनत, बुद्धि-विवेक, आफैले सृजना गरेको लक्ष्य, आफैले बगाएको पसिनाले एकतृत पूँजी जस्ता स्थानीय वा राष्ट्रिय स्रोत-साधन जुटाएर गरिएको आन्दोलन हुँदो हो त नेपालमा सम्पन्न आन्दोलनको सफलता पछि राष्ट्रले स्थायित्व, शान्ति र द्रुत्तर विकासको बाटो लिने थियो । तर दुर्भाग्यवश नेपालको आन्दोलनहरु नेपालीहरु कै बलबुतामा मात्र सम्पन्न भएनन् ।
बि सं २००७ सालको क्रान्तिको कुरा गर्ने हो भने यो पूर्ण रुपमा भारतको सदासयतामा सम्पन्न भएको थियो । हुन त भारतले राणा शासकहरुसँग पनि गोप्य साँठगाँठ नगरेको होईन । जसरी पनि भविष्यमा नेपालको राजनीतिमा आफ्नो प्रभुत्व स्थापित गर्ने उसको दाऊ थियो । ०७ सालको परिवर्तन पश्चात भारतले चाहेको कुराहरु सजिलै सम्पन्न हुन्थ्यो । कोशी सम्झौता, नेपालको उत्तरी भागमा भारतीय सेना राख्ने समझ्दारी आदि नेपालको कमजोरीबाट भारतले उठाएको फाईदाहरु हुन् । भारतले ०७ सालमा खेलेको भुमिका कै प्रतिफल ०७ सालदेखि १७ सालसम्मको राजनीतिक अस्थिरतामा नेपालका राजनीतिक दलहरुको अलावा भारतको पनि उत्तिकै ठूलो भुमिका रहेको कुरा त इतिहासमा अकाट्य रुपमा स्थापित भएको छ ।
बि सं २०४६ सालको जन-आन्दोलनमा आन्दोलनकारीहरुलाई भारतको प्रत्यक्ष रुपमा नै सहयोग प्राप्त भएको थियो । मरिच मान सिंहको नेतृत्वको श्री ५ को सरकारलाई आर्थिक नाकावन्दी लगाउनुको साथसाथै आन्दोलनकारी शक्तिहरुलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग उपलव्ध गराएको तथ्य धेरै पुरानो कुरा होईन । त्यसैले कृष्ण प्रसाद भट्टराईको नेतृत्वको अन्तरिम सरकारले राजाको समेत सहयोगमा समयमा नै संविधान निर्माण गर्नुको साथै आम-निर्वाचन गराउन सफल भएको बाहेक त्यस पछिको कुनै पनि सरकार पूर्ण रुपमा असफल भएको छ । कृष्ण प्रसाद भट्टराईको कुटनीतिक कौशलता, जनताको राज्तन्त्र प्रतिको आदरलाई मुल्यांकन गर्न सक्ने क्षमता र व्यक्तिगत शक्ति मोह भन्दा नैतिक धरातललाई प्राथमिकता र जनता प्रतिको जिम्मेवारबोधले नेपालको इतिहास उनि प्रति ॠणी भएको छ । भट्टराई पछिको सरकारहरुले कुनै पनि कार्य सही ढङ्गमा पूर्ण गर्न सकेको देखिदैन । गिरिजा प्रसाद कोइराला जस्ता व्यक्ति जसले राष्ट्रको स्वार्थ भन्दा व्यक्तिगत र पारिवारिक स्वार्थलाई महत्व दिनेहरुले शासनसत्ता कव्जा गर्दै गएकोले पनि राष्ट्रले दुर्दशा भोगेको हो भन्नुमा त्यती विवाद गर्नु पर्ला जस्तो लाग्दैन । यस्ता अयोग्य र विक्न सक्ने नेताहरु भएकोले नै २०४६ सालको आन्दोलनमा भारतले आफुले गरेको लगानीको मुनाफा कमाउन कहिले टनकपुर काण्ड, कहिले पन्चेस्वर महाकाली काण्ड त कहिले धमिजा काण्ड रच्न र त्यसमा आफ्नो घरको सेवकहरुलाई रमाएर बस्ने वातावरण सृजना गर्न सफल भयो ।
२०६२-६३ को जन-आन्दोलन वास्तवमा आयातित आन्दोलन हो । यो न नेपालको भूमीमा तयार भएको हो, न नेपालीहरुले तयार गरेका हुन्, न त यो नेपालको भूमीलाई हेरेर तयार पारिएको थियो । आफ्नो पाल्तु वेशरमीहरुलाई हड्डी फालेर आफ्नो आमाको वस्त्र च्यात्न लगाइएकाहरुको दुई दिनको निर्लज्जापन भन्दा यो कुनै विशेष महत्वको हुन सक्ने केही संकेत नै छैन । विदेशीको सोचमा उब्जेको, विदेशीको संकेतमा गरिएको र विदेशीको स्रोतले सम्पन्न भएको पहिलेको आन्दोलनहरुले जस्तै २०६२-६३ को आन्दोलनले कुनै पनि बेला आफुलाई मृतशैयामा पाउन सक्छ । सिर्फ यति मात्र हो की एउटा शुद्ध नेपाली आन्दोलन हुनु पर्यो ।
यतिसम्म भन्न सकिन्छ रा. प्र. पा. नेपालले गर्दै आएको विरोध कार्यक्रमहरु शुद्ध नेपाली छन् । देश-बिदेशमा बस्ने सबै सचेत नेपालीहरुले दिल खोलेर सहयोग गर्ने हो भने रा. प्र. पा. नेपालको विरोध कार्यक्रमहरु शुद्ध नेपाली आन्दोलन हुन सक्छ । यसबाट पाउने प्रतिफल दुर्गामी हुने कुरामा दुईमत नै छैन । यसले हाम्रो धार्मिक सौहाद्रतालाई पुनर्जिवित त गर्छ नै राष्ट्र विभाजन हुने संभावनालाई समेत निस्तेज पारिदिन्छ । जातीय एकतालाई बचाई नेपालीको गुमेको गौरव समेत स्थापना हुन्छ भन्दा फरक पर्दैन । त्यसैले हामी नेपालीहरुले जिम्माबोध गर्नु पर्ने कुरामा दुईमत हुन सक्दैन ।
प्रेस-बिज्ञप्ति
संयुक्त राष्ट्रवादी नेपालीको आव्हान
असंबैधानिक एवं अप्रजातान्त्रिक तरिकाले सर्बोच्च अदालतको निर्णयको बाबजुद पनि संबिधान-सभाको समाप्त भैसकेको म्याद थप्दै आइरहेको र पुन थप्ने कसरत हुन लागेकोले जन-आक्रोस बढ्नु स्वाभाबिकै हो । नेपाली जनताको आदेशलाई अपहेलना गरी मनोमानी ढङबाट गरिने यस किसिमको असंबैधानिक कार्यको बिरोधमा रा. प्र. पा. नेपालले अधिराज्यभर गर्न लागेको जन-संघर्ष कार्यक्रमको संयुक्त राष्ट्रवादी नेपाली (United Nationalist Nepalese ‘UNN’) स्वागत तथा यसको पूर्ण समर्थन गर्दछ ।
संयुक्त राष्ट्रवादी नेपाली (United Nationalist Nepalese ‘UNN’) सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रबादी नेपालीहरुलाई रा. प्र. पा. नेपालको अभियानमा सरिक भई राष्ट्र बचाउन आव्हान गर्दछ ।
Protest Letter Submitted to Maoist Prime Minister Baburam Bhattarai
To, Mr. Babu Ram Bhattarai a.k.a. Lal Dhoj Dear Mr. Bhattarai, We, Nepalese, propelled by conscience, summoned to duty by our beloved country, are gathered here in New York City to express our outrage against your visit to the UN. This is an insult not only to our people’s intelligence, but also to the conscience of the entire world. Mr. Bhattarai, in the first place, you do not represent our beautiful country, you do not represent the great people of Nepal and you do not represent our values. Secondly, you do not deserve to stand at the podium of the world’s biggest citadel of peace. You embody violence and terror, the very antithesis of the peace on which the UN was founded and has stood for more than sixty years. You have not renounced violence. You have not surrendered your lethal weapons. Your marauding thugs-for-hire terrorize, torment and taunt the people day in and day out all over our country. Due to your brutal assault on Nepal, for too long now, we have lived without peace, order, security and any semblance of stability. The country is reeling in utter chaos. In order to divide and conquer, you have turned Nepal into a fertile ground for ethnic conflict. We are careening towards a hellish cycle of ethnic violence and never-ending conflicts. Because of your policies and actions, a chasm of distrust and animosity has developed between our myriad ethnic groups, replacing the understanding and harmony that had developed over centuries. You have an insatiable appetite for death and destruction. For the last fifteen years, you have been living on a daily diet of the Nepalese people’s blood and treasure. Soon after declaring yourself prime minister, you declared that “you have no magic bullets” to solve our colossal problems created by your own Maoists criminal enterprise. You had no trouble finding bullets to put through people’s heads, but you are shamelessly telling us now that you cannot solve the problems in which you played such a big part in creating. Mr. Lal Dhoj, allow us to speak plain truth. You are one of the people who is responsible for the massacre of more than fifteen thousand people and the displacement of millions of others by driving them away from their homes and villages. Countless others have been forced to leave the country just to survive.
Read more...
Nepal Maoist Prime Minister Babu Ram Bhattarai Greeted With Black Flags Nepalese in United States raised black flags to the Prime Minister of Nepal Babu Ram Bhattarai at a program in Chain Federation Hall of Queens, New York, organized by the Mission of Nepal. Led by Co-Founder and Advisor of United Nationalist Nepalese, Mr. Bishal Shah, Bandana Koirala, Kunti Thapa and Binita Nakarmi, protestors raised black flags and shouted slogans against Bhattarai and the Maoists atrocities. Nepal Maoists have been credited with the killing of 13,000 Nepalese during civil war.
At the event, Bhattarai was about to speak on Nepal’s natural resources. Mr. Shah interrupted the Prime Minister Bhattarai and questioned him, “Is it not you and your criminal party who destroyed and is continuing to destroy the natural resources and national properties of Nepal?”. Thereafter, the protestors showed black flags and shouted slogans like “we love our national dress; you cannot demolish the national pride; you cannot fire the guns here; we don’t need killer as Prime Minister” and so on. The large numbers of Nepalese Community gathered to listen to Bhattarai gave applauded the protestors remarks. The program was briefly interrupted. Protestors left the venue politely after the request of Nepalese community members. This incident raises the truth that not all Nepalese stay quite when a nation and the nationals are robbed.
In more than a decade, Nepal has not conducted a parliamentary election. Political parties do not seem to be in mood to consider conducting an election. Approximately 20,000 people were killed in the civil war and the parties entered into a peace deal. However, since then, they have miserably failed to restore peace in the nation. Although the civil war officially ended, crime rate rose to peak in Nepal history. More people are affected by the crime now than they were affected in the Civil War.
राष्ट्रवादी प्रजातन्त्रवादीहरुको विशेष निर्णय
राष्ट्रवादी प्रजातन्त्रवादीहरुको विशेष निर्णय
आज नेपाल र विदेशमा रहेका राष्ट्रवादी प्रजातन्त्रवादी नेपालीहरुसँग संवन्धित संघ-संस्थाहरुले गरेका निर्णयहरु: १. हालको बिग्रदों अवस्थालाई निकास दिनको निमित्त संविधान २०४७ अविलम्व कार्यान्वयन गरी यसै अन्तर्गत गठित सरकारले ६ महिना भित्र २०५ स्थानको लागि निष्पक्ष आम-निर्वाचन गराओस् ।
२. माओवादीले सरकारमा भाग लिने हो भने आम फापीको प्रक्रिया पुरा गरोस् । अन्यथा निर्दोष नागरिक मार्ने र निर्दोष वाल-वालीकाहरुलाई हत्या-हिंशा जस्ता कार्यमा लगाए वापत यसका नेत्रित्व वर्ग- पुष्प कमल दाहाल (फर्जी नामको प्रचण्ड), बाबुराम भट्टराई, मोहन पोखरेल (फर्जी नामको किरण), राम बहादुर् थापा मगर (फर्जी नामको वादल) र अन्य केही व्यक्तिहरुले राष्ट्रिय-अन्तराष्ट्रिय अदालतमा सुनवाईको निमित्त प्रवेश गरि आउनु पर्दछ ।
३. आ-आफ्नो स्वार्थको निमित्त माओवादी, एमाले र नेपाली काँग्रेसले नेपाली जनताको भावनालाई कुल्चिएर थोपारेको अवैधानिक संविधान सभा र यसले दिने कुनै पनि संविधान कुनै पनि हालतमा स्विकार्य हुने छैन ।
४. राष्ट्रवादी प्रजातन्त्रवादीहरुले जनमत संग्रहले कुनै निकास दिन नसक्ने र हालको तथा भविष्यसम्म राष्ट्रले बेहोर्नु पर्ने संकटलाई निवारण गर्न संविधान २०४७ एक मात्र उपाय रहेको ठहर गरेकोले यसैको निमित्त उचित उपाय अपनाउने निर्णय गरेको छ ।
|
|
|
|